Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-29

Karnali, Dailekh, Dullu, Ward 8

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लु नगरपालिका–८ पौवाका ३५ वर्षीय बीरबहादुर बिकलाई कात्तिक २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

कात्तिक १२ गते दुई जना   छोराहरूसँगै घरमै सुतेकी ती महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर उपेन्द्र आचार्यले बताए ।

इलाका प्रहरी कार्यालय दुल्लूको टोलीले आरोपितलाई गिरफ्तार गरेको र बाँकी अनुसन्धान भइरहेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी गर्न आएकै दिन कात्तिक २३ गते जिल्ला अस्पताल दैलेखमा गरएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments