Incident Reports

सिरहामा विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

2019-07-08

Madhes, Siraha, Siraha, Ward 7

सिरहा नगरपालिका ७ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा सोमबार बिहान आगजनी भएको छ।

आगजनीबाट विद्यालयको - महत्वपूर्ण कागजात, कुर्सी दुई थान, दराज दुई थान, एक एक सिलिङ फ्यान र टेबल जलेर नष्ट भएको हो।  

आगजनीबाट विद्यालयको लेखा फाँटमा रहेको महत्वपूर्ण कागजपत्र जलेर नष्ट जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगजनीबाट विद्यालयमा लाइब्रेरीको लागि एक लाख ७० हजार बरारको किताब, विभिन्न आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, शिक्षक, कर्मचारीको विवरण भएका कागजपत्र विद्यार्थीहरुको विवरणसहितका महत्वपूर्ण कागजपत्र र पुस्तकहरु जलेर नष्ट भएको प्रध्यानाध्यापक संजय यादवले बताए। आगलागीबाट २०३१ साल देखि नेपाल बाल संगठन संचालन रहेको कागजात तथा बालमन्दिर माविको आयव्यय विवरण, वासलात लगायत विभिन्न महत्वपूर्ण कागजातहरु जलिएको र बाल संगठन तथा बालमन्दिरको लेखा रहेको कोठामा आगो लाग्नुमा संका ! रहेको नेपाल बाल संगठन सिरहाका अध्यक्ष देव कुमार यादवले बताए । उनका अनुसार केहीदिन पहिला प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बाल संगठनको केही महत्वपूर्ण कागजातहरु माग गरिएको थियो र त्यसको केही दिनपछिनै आगजनी भएकोमो कुनै चलखेल रहेकोले निष्पक्ष रुपमा सत्य तथ्य बाहिर ल्याई सार्वजनिक गर्नुपर्ने उनले मांग समेत गरे । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता प्रहरी नायब उपरीक्षक अपिल बोहोराले बताए। उनका अनुसार स्थानीय, सिरहा नगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments