Incident Reports

लोकसेवाको विज्ञापनविरुद्ध सिठ्ठी जुलुस

2019-07-14

Karnali, Surkhet, Birendranagar

समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोधमा सुर्खेतका आदिवासी तथा जनजातिहरूले विरोध गरेका छन् । उक्त विज्ञापनको विरोधमा आइतवार मसाल जुलुस निकालेका उनीहरूले सोमवार सिठ्ठी जुलुस गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतको नेतृत्वमा सोमवार बीरेन्द्रनगरमा सिट्ठी जुलुस गरिएको छ । स्थानीय मंगलगढीचौकबाट सुरु भएको सिट्ठी जुलुसले वीरेन्द्रनगरबजार परिक्रमा गरी विरेन्द्रचोकमा पुगेर कोणसभामा परिणात भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले संविधा विपरित लोकसेवाले विज्ञापन खुलाएको र त्यसलाई सर्वोच्च अदालतले पनि नरोकेको भन्दै आक्रोश व्यक्त गरे । पिछडिएको समुदायको अधिकार खोस्ने गरी विज्ञापन गरेर कर्मचारी भर्ना गर्न लागिएको उनको भनाइ थियो। 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा पाउँदै आएको आरक्षणलाई हटाएर विज्ञापन खोलिन संविधानको मूल मर्म विपरित भएको टिप्पण गरे । उनले समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सूचना प्रकाशित गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NEFIN
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments