Incident Reports

सोह्रखुट्टेमा विदेशी पर्यटकलाई बन्धक बनाएर लुट्ने गिरोह समातियो

2019-11-01

Bagmati, Kathmandu, Kathmandu

२७ कात्तिक, काठमाडौं । भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जना छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए ।

उनीहरुलाई प्रहरीले एक साता अघि पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाए पनि घटनालाई गुपचुप राखिएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएका थिए । त्यहाँ शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन् । रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए ।

‘हामीलाई काठमाडौं छाडेनौं भने मार्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ । गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए ।

उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो ।

व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए । यो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी राठौर बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘यही समूहले यसअघि बंगलादेशी पर्यटकलाई पनि लुटेको हुनसक्ने देखिएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 6
National/Online Media

0 Comments

Related Reports