Incident Reports

कुटपिट गर्ने अरोपि एक पक्राउ

2019-08-18

Madhes, Saptari, Bishnupur, Ward 4

घर माथि लतरेको बाँस हटाएको निहुमा मरनासन्न हुने गरी छिमेकीलाई कुटपिट गरेको आरोपमा सप्तरी विष्णुपुर गाउँपालिका ४ का दर्पी साह पक्राउ परेका छन् ।

उनलाई आईतबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका अन्य आरोपित भने फरार छन् । अघिल्लो दिन शनिबार साझ घरमाथि लतरेको बाँस हटाएको आरोपमा छिमेकी महेश्वर साहलाई दर्पी साह नेतृत्वको एक समुहले निर्धात कुटपिट गरेका थिए । । छिमेकी मंगल साहले रोपेको बाँस आफनो घरमा लतरेपछि साहले गाउँपालिकामा यस बारे निवेदन दिएका थिए । शनिबार गाउँ पालिकाका कर्मचारी र प्रहरी समेतको मतदबाट महेश्वर साहको घरमा लतरेको बाँस काटेर हटाईएको थियो ।  

सोही रिसमा उनको घरमा  दर्पी साह, मंगल साह, बालेश्वर साह, बैद्यनाथ साह लगायतका समुहले महेश्वर माथि सांघतिक हमला गरेको घाईतेका छोरा रमेशले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।  उनको टाउको र नाकमा - गम्भीर चोट लागेको छ भने देब्रे खुद्रापनि भाचिएको छ । शनिबारै साझ उपचारका लागी स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याइएका महेश्वरको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागी विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।  

घटनामा संलग्न अन्य - आरोपीत फरार रहेको तथा खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports