Incident Reports

प्रधानमन्त्री निवास अगाडि मिर्गौला पीडितको प्रदर्शन

2019-11-18

Bagmati, Kathmandu, Kathmandu

२ मंसिर, काठमाडौं । मिर्गौला पीडितहरुले निःशुल्क हेमोडायलासिसलगायतको सुविधा उपलब्ध गराउन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका छन् ।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कोसिस गरेका थिए, तर समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै फर्किएका थिए ।

सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र पनि प्रवेश गराएका थिए । तर, भेट्न नपाएपछि उनीहरु फर्किए । प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएर पनि आफूहरुको गुनासो नसुनेको भन्दै उनीहरुले आक्रोश पोखे ।

मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बिहान बालुवाटार पुगेका उनीहरुले जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रदर्शन गरे ।

पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, विरामी कुरुवा बस्ने स्थानको उचित व्यवस्था हुनुपर्ने, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments