Incident Reports

बालिका बलात्कार गरेको आरोपमा गिरफ्तार l

2013-12-04

Province 1, Ilam, Maijogmai

Kokila Dhakal विद्यालय जाँदै गरेकी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नामसालिङ गाविस-९ का ६० वर्षीय भक्तबहादुर देवानलाई मङ्सिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । देवानले मङ्सिर १६ गते बिहान एक्लै विद्यालय जाँदै गरेको अवस्थामा बालिकालाई बलात्कार गरी कसैलाई नभन्नु भनेर पाँच रूपैयाँ समेत दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर, पीडा सहन नसकेपछि बालिकाले अभिभावकलाई भनेपछि बलात्कारको घटना सार्वजनिक भएको इलामका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । देवान विरुद्ध कारबाहीको माग गर्दै १९ गतेनै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बालिकाको १९ गते जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको छ । देवान विरुद्ध जबरजस्ती करणी अन्तरगत मुद्दा दायर गरिएको इन्स्पेक्टर कार्कीले बताए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis