Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-11-16

Sudurpashchim, Doti, Adharsha, Ward 1

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ३० गते कुटपिट गरेको भन्दै पीडित महिलाले महिला सेल, सिलगढीमा मङ्सिर २ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको महिला सेलका असई राम नाथले बताए ।

आरोपितले समान्य विषयलाई लिएर पटकपटक कुटपिट गर्दै आएका कारण प्रहरीमा उजुरी दिएको र छोडपत्र गरेर छुट्टै बस्ने पीडित महिलाले बताइन् ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको घाउजाँच तथा स्वास्थ्य उपचार मङ्सिर २ गते जिल्ला  अस्पताल, डोटीमा गरिएको छ ।

बासुदेब जोशी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments