Incident Reports

वीरगञ्जमा कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

2019-11-20

Madhes, Parsa, Birgunj

४ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।

बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए ।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारे । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments