Incident Reports

सिन्धुलीमा स्काभेटर र टिप्परमा प्रेसरकुकर बम आक्रमण

2019-11-20

Bagmati, Sindhuli, Dudhouli, Ward 14

काठमाडौँ । बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण गरेको छ । 

मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम आक्रमण गरेको हो । 

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए । 

स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ । घटनास्थल दुधौली चौकीबाट २५ किलोमिटर टाढा रहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 1
National/Online Media

0 Comments