Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-11-20

Bagmati, Nuwakot, Likhu, Ward 3

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार गरेको छ ।

ककनी गाउँपालिका–१ का ६३ वर्षीय कृष्णहरि घिमिरे र रामेछाप जिल्ला सुनपानी गाउँपालिका–३ घर भएका ३१ वर्षीय रामदल श्रेष्ठलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

सो पार्टीका कार्यकर्ताले स्थानीयसँग चन्दा असुल गरिरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले खोजी गर्दा दुई जना गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

घिमिरेको साथबाट ४५ हजार ६ सय ३५ रुपियाँ र श्रेष्ठको साथबाट १२ हजार २ सय ७५ रुपियाँ र उनीहरूले प्रयोग गरेको ना २२ प ३००९ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments