Incident Reports

मानव बेचबिखनका आरोपित हिरासतमा l

2013-12-03

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा चितवन जिल्ला जगतपुर गाविस-४ घर भइ पोखरा उमनपा-८ सिमलचौरस्थित बुद्ध खाजा घरका सञ्चालक ३३ वर्षीय सुबोध साखीलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरी हिरासतमा राखेको छ । आरोपित साखीले मकवानपुर जिल्ला घर भएका १९ वर्षीया र २१ वर्षीया दुई युवतीलाई यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितहरूले मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले आरोपित विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरी मङ्सिर २० गते म्याद थप गरी अनुसन्धान भइरहेको बताए । पीडित युवतीहरूलाई आरोपितले मङ्सिर १५ गते पोखरा ल्याई आफ्नो होटलमा राम्रो तलव दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती यौन कार्य गर्न खोजेपछि पीडितहरूले प्रहरीलाई खबर गरेका थिए । सनबहादुर थापा

0 Comments