Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना

2019-11-16

Madhes, Dhanusha, Hansapur, Ward 4

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–४ का २३ वर्षीय प्रविण कापरलाई गिरफ्तार गरी उजुरी दर्ता गर्न माग गर्दै पीडित परिवारजनले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते धर्ना दिएका छन् ।

पीडित युवतीलाई आरोपितले कात्तिक २९ गते राति ११ बजे पीडितकै घरमा आएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

उक्त घटना गाउँमै मिलाउन कात्तिक ३० गते पञ्चायत बसेको थियो । पञ्चायतमा केटा र केटी दुवै अविवाहित भएको भन्दै विवाह गराउने सहमति भएपनि पञ्चायतबाटै केटा पक्षले विवाह नगर्ने अडान लिएपछि घटना बाहिर आएको हो ।

पीडित युवती, पीडितकी आमा र दाजु मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन आएपनि उजुरी दर्ता नगरी आरोपितलाई उम्काउन खोजेको भन्दै प्रहरीलाई दबाब दिन धर्नामा बसेको पीडित पक्षले जनाएको छ ।

धर्नामा आएका गाउँलेका अनुसार घटनालाई लुकाउन र उल्टै आरोपितलाई ‘लुकाएको’ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन लागेकोमा आरोपित पक्षबाट पीडित पक्ष असुरक्षित रहेको पीडित पक्षले जनाएको छ ।

आरोपितका दुई जना काका विजय कापर र दिलिप कापर हाल जिल्ला प्रहरी कार्यालय धनुषामै कार्यरत छन् । आरोपित कापरका बुबा अजय कापर समेत प्रहरीबाट अवकाश प्राप्त भएकाले प्रहरीले घटनालाई दबाउन खोजेको पीडित पक्षको आरोप छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले उजुरीमा निवेदकको हस्ताक्षर, पीडितको नाम र बतन खुल्ने गरी र गोप्य निवेदन समेत गरी दुई प्रकारको उजुरी आउनुपर्नेमा त्यसो नभएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले उजुरी दर्तामा ढिलो भएको बताउँदै निवेदकलाई बोलाएर चाँडै उजुरी दर्ता गरी आवश्यक कारवाही प्र्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर २ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको प्रहरीले जनायो ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments