Incident Reports

जिल्ला समन्वय समिति प्रमुख नेपालमाथी दुर्व्यवहार

2019-11-22

Bagmati, Dhading, Galchi, Ward 1

गल्छी गाउँपालिका–१ निवासी जिल्ला समन्वय समितिका प्रमुख ६८ वर्षीय जगन्नाथ नेपालमाथी नीलकण्ठ नगरपालिका–१ का वडाअध्यक्ष ४५ वर्षीय गणेश गुरुङ र नीलकण्ठ नगरपालिका–१ का ३४ वर्षीय ध्वजबहादुर गुरुङले मङ्सिर ६ गते हातपात र दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा मोटरसाइकल लिएर पुगेका दुवैजनाले एक्कासी कुटपिट गरेको र आफूले गुहार लगाएपछि नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गाना आएपछि दुवैजना भागेको पीडित नेपालले बताउनुभएको छ ।

जिल्ला समन्वय समितले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद भएको भएपनि जिल्ला समन्वय समिति प्रमुख नेपालसँग यस विषयमा छलफल नै नभइ कुटपिट गरेको नेपालको भनाइ छ ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुङ्गाना जिल्ला समन्वय समितिस्थित प्रमुखको कार्यकक्ष बाहिर रहेको बेला कुटपिट भएको थियो ।

घटना भएको एक मिनेट भित्रै नगरप्रमुख ढुङ्गाना सो स्थानमा पपुग्नुभएको थियो । आक्रमण भइरहँदा एकजना सहयोगीले छुट्याएपछि आक्रमण गर्ने दुवै जना मोटरसाइकल लिएर भागेको नेपालले बताउनुभयो ।

योजनाबद्ध रूपमा आक्रमण गरिएकाले आक्रमणकारीलाई कारबाहीको माग गर्दै मङ्सिर ७ गते युवा सङ्घ नेपालले सत्तारूढ नेकपा जिल्ला अध्यक्ष नेत्र पौडेलमार्फत पार्टी कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

घटनाबारे थाहा पाएपछि उजुरी नआएपनि आक्रमणकारीलाई राज्यको निकायले कारबाही गर्ने जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवारले आक्रमणकारीको खोजी भइरहेको बताउनुभयो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments