Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

2019-11-17

Bagmati, Dolakha, Bigu, Ward 5

बिगु गाउँपालिका–५ की ५६ वर्षीया कृष्णमाया श्रेष्ठलाई मङ्सिर १ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय रत्ननारायण श्रेष्ठलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले स्थानीय उपभोक्ता समूहका सदस्यहरूसहित १ सय १३ जनालाई समूहको भवनमा भेला गराएर कथित बोक्सीको आरोप लगाएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बोहोराले बताउनुभयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments