Incident Reports

बैतडीमा नेपाली कांग्रेसका उम्मेदवारमाथि हातपात

2019-11-27

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 4

बैतडी – बैतडीमा नेपाली कांग्रेसका उमेदवारमाथि हातपात भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको हो ।

बुधबार राति १० : ३० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाउन सफल भएको नेपाली कांग्रेसका उमेदवार भट्टले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका–४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकार्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आफूलाई फोन गर्न लगाएको र उनीहरुलाई छुटाउन जाँदा आफूमाथि नै हातपात भएको उम्मेदवार भट्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी मात्र आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Election-related cause primary
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports