Incident Reports

विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’ विरुद्ध विरोध ¥याली प्रर्दशन

2019-11-20

Province 1, Morang, Biratnagar

भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् ।

विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् ।

उनीहरूले ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’, भारतीय सेना कालापानी छोड, राष्ट्रभक्तिको नाराले देश बचाउँ साराले, पहिलो प्राथमिकता सिमालार्य दे, मगन्ते प्रवृत्ति बन्द गर, लगायत लेखिएको प्ले कार्ड, नाराबाजी गरिएको थियो । उनीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको विद्यार्थीहरुको भनाई छ । भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदा सम्म चुप लागेर नबस्ने विद्यार्थीहरुले चेतवानी दिएका छन् ।

भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा ¥याली निकालिएको स्कुलका प्रिन्सिपल ओमकार आचार्यले जनकारी दिए ।

स्कूल परिसरबाट निस्किएको ¥यालीले सिमा क्षेत्रसम्म पुगेर स्कूलमा आएर सम्पन्न गरिएको आचार्यले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments