Incident Reports

अपहरणमा सं‌लग्नको अभियोगमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

2019-11-24

Province 1, Udayapur, Belaka

१२ मंसिर, काठमाडौं । उदयपुरको बेलकाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालकलाई अपहरण गरेको अभियोगमा आइतबार प्रहरीले वेलका नगरपालिका ३ बस्ने १९ वर्षका मनोज खत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खत्री र सोही ठाउँका विशाल लिम्बुले १६ वर्षीया विशेष खड्कालाई अपहरण गरी जंगलतर्फ लगेका थिए । अपहरणमा परेका खड्काको आइतबार राति नै प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरेको छ ।

इलाका प्रहरी कार्यालय रामपुरले दिएको जानकारीअनुसार आइतबार राति उनीहरुले खड्कालाई नियन्त्रणमा लिएर जंगलनजिकै मुर्तिखोलामा राखेका थिए । स्थानीय र प्रहरी पुगेपछि लिम्बू भने फरार भएको र खत्रीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका खत्रीको साथबाट कटुवाल पेस्तोल र एक थान गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको मूख्य नाइके फरार लिम्बू नै भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका खत्रीलाई प्रहरीले सोमबार नै जिल्ला अदालत हाजिर गराएर शरीर बन्धक तथा अपहरण र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

अपहरणको कारण भने सामान्य झगडा मात्रै भएको प्रारम्भिक अनुसन्धानले देखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक हरिबहादुर खड्काले जानकारी दिए ।

‘घटना हेर्दा रिसइबीको कारणले नै अपहरण गरिएको जस्तो तर उनीहरुको बन्दुक पड्काउने योजना समेत प्रारम्भिक अनुसन्धानमा देखिन आउँछ’ उनले भने, ‘अहिले घटनाको अनुसन्धान र फरार लिम्बूको खोजी कार्य जारी छ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports