Incident Reports

पिपरा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट

2019-11-28

Madhes, Mahottari, Pipra, Ward 3

महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । 

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ । 

घटनास्थल पिपरा गाउँपालिका वडा नम्बर ३ स्थित पिपरा गाउँ पुगेका रातोपाटीकर्मी किरण कर्णले प्रेसर कुकर बम विस्फोट भएको बताए । 

अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको महाेत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Election-related cause primary
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Makwanpur , Local Newspaper - Mahottari

0 Comments