Incident Reports

चुनाव सकिएलगत्तै अनेराट्ठविवयुका नेतामाथि आक्रमण

2019-11-30

Sudurpashchim, Achham, Mellekh, Ward 5

मेल्लेख गाउँपालिका-५ विन्दवासिनीमा मतदान सकिने बित्तिकै अनेरास्ववियुका नेता २५ वर्षीय गम्भीरसिंह साउदलाई नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमणबाट घाइते भएको पीडित पक्षको आरोप छ ।

मतदान सकेर जनता माध्यामिक मतदान केन्द्र नजिकै रहेको पसलमा बसेको बेलामा कांग्रेसका कार्यकर्ताको भीडले टाउकोमा हतियारसहित प्रहारपछि साउद गम्भीर घाइते भएका उक्त गाउँपालिका-६ का अध्यक्ष नरपति रावलले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा रहेका साउदलाई उपचारका लागि जिल्लाको वयलपाटा अस्पतालमा ल्याइएको छ ।

वडाको मतगणनामा राजनीतिक दलको बैठक बस्ने तयारी भइरहेकै बेला आक्रमण पश्चात सुरक्षा नभएको भन्दै मेल्लेख प्रहरी चौकीमा समेत भीडले आक्रमण गरेको छ ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । मेल्लेखमा रहेका पत्रकार महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीका अनुसार दुवै पक्षबाट असुरक्षित हुनेभएपछि आफूहरू घरभित्र ढोका बन्द गरेर बसेको जानकारी दिनुभयो । यो घटनाका कारण मतगणनामा अवरोध भएको छ ।  घटनाका आरोपित पक्षका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले थप जानकारी दिएको छैन ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Election-related cause primary
INSEC , Local Newspaper - Surkhet

0 Comments

Related Reports