2019-11-21
Province 1, Sunsari, Dharan
बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । मुद्दा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्दा दायर गरिसकेको जनाएको छ । कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन । तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको बताएका छन् ।
जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।
सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Religious leader |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Raped | 1 |
Female Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19