Incident Reports

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

2019-11-30

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 8

खोटाङ– अज्ञात समूहले खोटाङमा मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीको चार स्काभेटरमा आगजनी गरेको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काम गरिरहेको गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको फरक–फरक स्थानमा राखिएका स्काभेटरमा शनिबार राति आगजनी भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको लप्से र पंखुखोलाकोबीचमा पर्ने लामीडाँडामा निर्माणस्थलमै राखिएको तीन वटा र चखेवाभञ्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको स्काभेटर जलाइएको गोल्डेनगुड शेर्पा कन्ट्रक्सनका प्रतिनिधी आङसाङ्गे शेर्पाले बताए। पेट्रोल लगाएर जलाइएका कारण चारै वटा स्काभेर काम नलाग्ने अवस्थामा पुगेको छ।

राति १२ देखि १ बजेकोबीचमा स्काभेटरको ट्यांकी पड्केपछि र आगोको ज्वाला निस्केपछि निर्माणस्थलमा रहेका कामदारले स्काभेटर आगजनीको बारेमा जानकारी पाएका थिए। आइतबार बिहान घटनास्थल पुगेको प्रहरीले दोर्पाचिउरीडाँडामा दुई वटा स्काभेटरमा पूर्ण र एउटा स्काभेटरमा आंशिक क्षति पुगेको पाइएको जनाएको छ।

आगजनीमा संलग्नको खोजी भइरहेको खोटाङका डिएसपी बामदेव गौतमले बताए। गोल्डेनगुड शेर्पा कन्ट्रक्सनको निर्माणस्थलमा प्रयोग भइरहेका ८ वटामध्ये ४ वटा स्काभेटरमा आगजनी भएको हो। राति ९ बजेसम्म काम गरेका कामदार सुतेपछि आगजनी भएको शेर्पाले बताए। ‘आगजनीमा कसको संलग्नता छ’ भन्ने खुलेको छैन। यद्यपी, बेला–बेलामा विप्लव नेतृत्वको कार्यकर्ताले चन्दा माग्ने गरेको तर नदिइएको कारण आगजनी गरेको आशंका गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 4
Severely damaged Vehicles 2
National/Online Media

0 Comments