Incident Reports

सडक निर्माणका लागि राखिएको रोडलोडरमा आगजनी

2019-11-25

Gandaki, Baglung, Baglung, Ward 7

बागलुङ नगरपालिका–७ को कालिमाटीमा सडक निर्माणका लागि राखिएको रोडलोडरमा मङ्सिर ९ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

बागलुङ–कालिमाटी सडकखण्ड पिचको जिम्मेवारी लिएको फेवा कन्स्ट्रक्सनले पहाडी कन्स्ट्रक्सनसँग भाडामा लिएको ग १ क ३०८७ नम्बरको रोडलोडर मेशिनमा रातको ११ बजे तिर आगजनी भएको थियो ।

आगजनीबाट मेशिनको क्याबिन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

सडक निर्माणका लागि राखिएको मेशिनमा कसले के कारणले आगो लगायो भनेर अनुसन्धान भइरहेको भट्टले बताउनुभयो ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports