Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-30

Lumbini, Rupandehi, Tillotama, Ward 2

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१२ का १९ वर्षीय उमेश थारूलाई मङ्सिर १४ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १४ गते दिउँसो साइकलमा राखेर घुमाउँदै गाउँ पछाडिको खोलामा लगेर बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई मङ्सिर १४ गते गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताउनुभयो ।

पीडित बालिकाको यौनाङ्गबाट रगत बगेकाले बालिकाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments