Incident Reports

उर्जामन्त्री र मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

2019-12-02

Karnali, Kalikot, Raskot

रास्कोट नगरपालिका शान्तीघाटमा फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि पुग्नुभएका सङ्घीय सरकारका उर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी मंसिर १६ गते दुई ओटा बम विष्फोट भएका छ ।

हेलिकप्टरमार्फत कालिकोट पुगेका उर्जा मन्त्री पुन र मुख्यमन्त्री शाही रास्कोट नगरपालिका शान्तिघाटमा भएको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको बम विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमान गरेका छन् ।

विष्फोटबाट क्षति भने नभएको बताउँदै अध्यक्ष शाहीले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

फुकोड कर्णाली हाइड्रोको अनुगमन कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुमराज शाही, नेकपा जिल्ला अध्यक्ष धनजित शाही र सचिव नगिन्द्र शाहीलगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

यसअघि पनि जेठ १५ गते पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा जाँदा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट भएको थियो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth noyouth
INSEC

0 Comments