Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-12-03

Karnali, Kalikot, Khandachakra, Ward 1

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–६ का २५ वर्षीय भिमराज शाहीलाई मङ्सिर १८ गते खाँडाचक्र नपा–१ मान्मबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते सुर्खेतबाट कालिकोट आउँदै गर्दा बसमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिनुुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments