Incident Reports

सुतिरहेकै ठाउँबाट बच्चा ‘चोरी’

2019-12-01

Madhes, Dhanusha, Sabaila, Ward 10

धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्।

घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्।

सबैला नगरपालिका-१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने छोरा गोलु साह आइतबार राति ८ बजे सुतिरहेकै ठाउँबाट हराएका हुन्।

घरमा आमा नभएका बखत ती बच्चा हराएका हुन्। घरमा आउँदा बच्चा नदेखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। 

धनुषा प्रहरीका अनुसार गोलुकी आमा रिता कापर दस महिनाअघि अर्कैसँग बिहे गरेर गएकी थिइन्। त्यसयता बच्चा सौतेनी आमाको काखमा थिए।

सौतेनी आमाले काम गर्न बाहिर गएका बेला बच्चा हराएको भनी प्रहरीलाई सोमबार राति झन्डै दस बजे प्रहरीलाई खबर गरेकी थिइन्।

यो बीचमा बच्चा ‘कसैले उठाएको’ शंका गर्न सकिने प्रहरीले जनाएको छ।

तराईमा बालबच्चा चोरी तथा अपहरणका घटना प्रकाशमा आउने गरेका छन्। यस्ता घटना आफन्तबाटै हुने गरेका छन्।

प्रहरीले आफ्नै आमाले बच्चा चोरेर लगेको हुन सक्ने आशंका गरेको छ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बालक अपहरणमा परेको भए फिरौतीको ‘डिल’ हुने भएकाले चोरी भएको आशंका गरिएको छ।

‘हामी खोजी गरिरहेका छौं, बालक फेला पार्न सकिएको छैन,’ खनालले भने।

बच्चाका बुवा दीपनारायण भने वैदेशिक रोजगारीमा बाहिर छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments