Incident Reports

नगरप्रमुखलाई लक्षित गरेर बम विष्फोट

2019-12-01

Karnali, Mugu, Chhayanath Rara


छायाँनाथ रारा नगरपालिकाका प्रमुखलाई लक्षित गरेर उहाँको घर अगाडि अज्ञात पक्षले बम विष्फोट गराएको छ ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही बस्नुहुने घर अगाडि अज्ञात पक्षले मङ्सिर १५ गते बेलुकी ९ बजे बम विष्फोट गराएको छायाँनाथ रारा नगरपालिकाले मङ्सिर १६ गते जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विष्फोटले मानवीय क्षति नभएपनि घरको भर्‍याङमा सामान्य क्षति पुुगेको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनु भयो ।

विष्फोट कसले र किन गर्‍यो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, मुुगुुले जनाएको छ ।

नगरप्रमुख शाहीको सुरक्षालाई मध्यनजर गर्दै गत वर्ष जिल्ला सुरक्षा समितिले सुरक्षाको लागि सुरक्षाकर्मी खटाएको भएपनि राजनीतिक दबाबका कारण यसै वर्षको वैशाखबाट मेयरका सुरक्षाकर्मी हटाइएको थियो ।

जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
INSEC

0 Comments