2019-11-23
Sudurpashchim, Doti, Shikhar, Ward 4
१९ मङ्सिर, डोटी । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने, ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।’
शरीरमा आगो लागेपछि मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो ।
बेरी अस्पतालले उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उनको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उनको घरपरिवारले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19