Incident Reports

आफूलाई मतदान नगरेको आरोपमा घर निकाला l

2013-12-08

Province 1, Terhathum, Myanglung

Chattra Rima म्याङलुङ गाविस-१ म्याङलुङबजारमा डेरा गरी बस्ने ३२ वर्षीय प्रेमप्रकाश गुरागाईलाई मङ्सिर २३ गते बेलुकी सोही ठाउँ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यबहाक जिल्ला अध्यक्ष ५६ वर्षीय शुभभगत प्रधानाङ्गले संविधान सभाको निर्वाचनमा आफूलाई मतदान नगरेको आरेापमा घर निकाला गरेका छन् । आरेापीत राप्रपाका कार्यबहाक अध्यक्ष प्रधानाङ्ग उक्त पार्टीबाट सामानुपातिक तर्फबाट उम्मेदवार बनेका थिए । निर्वाचन हुन भन्दा अगाडि देखि नै उनले राप्रपाको प्रत्यक्ष र समानुपातिक तर्फमतदान गर्न अनुरोध गरेका थिए । तर, पीडित एमालेसँग आवद्ध भएका स्थानीय कार्यकर्ता भएकोले मतदान नगरेको उनले बताए । मङ्सिर २३ गते आरोपितले मेरै घरमा डेरा बसेर मलाई नै मतदान नगरेको भन्दै घर छोड्न आदेश दिएको पीडित गुरागाईँले बताए । उनको पार्टीले जिल्लाबाट समानुपातिक तर्फ १ हजार २७ मत प्राप्त गरेको थियो । यसअघि मङ्सिर ४ गते बेलुकी होटल व्यवसायी दीपक खनाललाई पनि नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता ढकबहादुर अधिकारीले घर निकाला गरेका थिए ।छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis