Incident Reports

विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी वाइबा प्रहरी नियन्त्रणमा

2019-12-06

Bagmati, Makawanpur, Hetauda

सिन्धुली, २१ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सिन्धुली जिल्ला सेक्रेटरी कपिल भनिने शेर बहादुर वाइबा प्रहरी नियन्त्रणमा परेका छन् । 

मंसिर ३ गते निर्माण व्यवसायी क्षेत्र बहादुर बम्जनको दुधौली नगरपालिका–१३ अरुणठाकुरमा स्काभेटर आगजनी गरेको आरोपमा उनलाई प्रहरीले शुक्रबार हेटौँडाबाट नियन्त्रणमा लिएको हो ।

वाइबाले ठेकेदार बम्जनको स्काभेटरमा आगजनीलगाएत जिल्लामा अशान्ति क्रियाकलापमा संलग्न भएको विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका एसपी चक्र बहादुर सिंहले जानकारी दिए ।

सिन्धुलीको हरिहरपुरगढी गाउपालिका–३ गुर्जी निवासी वाइबालाई हेटौंडा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय हेटौंडामा राखेर आवश्यक अनुसन्धान शुरु गरिएको एसपी सिंहले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments