Incident Reports

कार्यालय प्रमुखद्वारा आफ्नै कर्मचारी अपहरण गरेको पीडित परिवारको आरोप l

2013-12-09

Binod Kumar Rabidas महोत्तरी जिल्ला हलखोरी गाविस-५ निवासी उच्च माध्यमिक विद्यालय शिक्षा परिषद जनकपुरका नासु ३५ वर्षीय वीरेन्द्र कुमार यादवलाई सोही कार्यालयका कार्यालय प्रमुख विष्णु हरि घिमिरे र शाखा अधिकृत विजय भन्ने चन्द्रदेव यादवको मिलेमतोमा अपहरण गराएको भन्दै पीडित परिवारले मङ्सिर २४ गते जनकपुरमा पत्रकार सम्मेलन गरी घटना सार्वजानिक गरेको छ । मङ्सिर १४ गते काठमाडौँबाट वीरेन्द्रकुमार यादव अपहरणमा परेका थिए । योजनावद्ध रूपमा कार्यालय प्रमुख र शाखा अधिकृतले उच्च माध्यमिक शिक्षा परिषदको केन्द्रीय कार्यालय भक्तपुर जानु पर्छ भन्दै मङ्सिर १२ गते काठमाडौँ गएको पीडितको पत्नी सविता यादवले पत्रकार सम्मेलनमा बताइन् । बिरामी पत्नी सविता यादवलाई अस्पतालमा छाडेर दवावमा बाध्य भएर काठमाडौ गएका पीडित परिवारको भनाइ छ । सो कार्यालयले नासु वीरेन्द्र बाहेक सबै कर्मचारी अस्थायी र करारमा कार्यरत छन् । स्थायी कर्मचारीबाट अस्थायी कर्मचारी कार्यालय प्रमुखलाई बाधा भएको महसुस गरी अपराधिक कार्य गरेको पीडित परिवारजनको आरोप छ । विना काम विभागमा पठाई अपहरण गर्न लगाएको भन्दै पीडितपक्ष मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँमा जाहरी दिएका छन् । घटनाको अनुसन्धान धनुषा प्रहरीले पनि गर्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis