Incident Reports

बलात्कारपछि हत्यामा संलग्न आरोपित मध्ये एक सार्वजनिक l

2013-12-10

Chhetu Sherpa मकालु गाविस-७ की डोमा शेर्पालाई मङ्सिर २ गते बलात्कार गरी हत्या गर्ने दुई जनामध्ये एक लाक्पा वाङ्दीलाई मङ्सिर २५ गते प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मकालु गाविस-५ का लाक्पा वाङ्दी र फुदोर्ची शेर्पाले मङ्सिर २ गते डोमा शेर्पालाई सामुहिक बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । । पीडित पक्षले मङ्सिर ५ गते मकालु प्रहरी चौकीमा उजुरी दिएपछि आरोपित लाक्पा वाङदी शेर्पालाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको थियो । प्रहरीले आरोपितलाई मङ्सिर १४ गते कर्तव्य ज्यान महलमा मुद्दा चलाएको छ । अर्का आरोपित फुदोर्ची अझै फरार छन् । मृतकको शव मकालु गाविस-७ को जंगलमा मङ्सिर ९ गते फेला परेको थियो । मृतकको शव खाँदबारी अस्पतालमा पोष्टमार्टम भएको थियो ।छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis