Incident Reports

घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार

2019-12-11

Lumbini, Bardiya, Gulariya, Ward 6

गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ ।

२४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५ वर्षीया बहिनीलाई घरमै बन्धक बनाएर राखेको अवस्थामा उद्वार गरिएको प्रहरीले जनायो ।

बब्लुले आफ्नै बहिनी र पत्नीलाई बन्धक बनाएको भन्ने सूचनाको आधारमा उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण ओलीले बताउनु भयो । घटनाका आरोपित बब्लु राणालाई पनि मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

बब्लुका बाबु ईतवारी राँडले विगत तीन वर्षदेखि बुहारी र छोरीलाई पटकपटक बन्धक बनाएर थुनेको स्वीकार गर्दै बब्लुले दिनभरी सबैलाई थुन्ने र राति आएर कुटपिट समेत गर्ने गरेको बताउनु भयो ।

प्रहरीले गुलरिया नपा–६ को कार्यालय, अधिकारकर्मी, सङ्घसंस्थाको रोहवरमा उनीहरूलाई उद्दार गरेको हो ।

दुई महिनाकी गर्भवतिसमेत रहेकी पत्नी र बहिनीलार्ई मानसिक तथा शारीरिक यातना समेत दिने गरेका थिए ।

पीडित महिलाहरूलाई दिशापिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर बाहिर निस्कन नदिने गरिएको पीडितहरूले बताउनु भयो ।

उद्दार गरिएका दुवैै महिलाको जिल्ला अस्पताल गुलरियामा उपचारपछि महिला सेवा केन्द्रमा राखिएको छ ।

आरोपित जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको इन्स्पेक्टर ओलीले बताउनु भयो ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments