Incident Reports

अज्ञात व्यक्तिले गरे पोखरियाका विभिन्न ११ स्थानमा आगजनी

2019-12-16

Madhes, Parsa, Pokhariya, Ward 4

पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ। 

मोटरसाइकलमा आएका दुई जनाले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।

मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

उनले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताए।

आगजनीबाट कुनै मानवीय क्षति नभएको र घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments