2019-12-18
Bagmati, Makawanpur, Hetauda
रामेछापका एक युवालाई अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले बुधबार पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर ६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामा रहेका छन् ।
रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई अपहरण गरी बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखेर हेटौंडा उपमहानगरपालिका ९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिँहले बताए ।
अम्लेखगंजबाट काठमाडौं जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका समूहले उनलाई कुटपटि गरी नियन्त्रणमा लिएका थिए । मगरसँगै आएका काभ्रे मण्डनपुरका २८ वर्षीय सरोज सापकोटालाई समेत उनीहरुले कुटपिट गरेका थिए ।
मोबाइलको कल लोकेशनका आधारमा मगरलाई ८ घण्टापछि उद्दार गर्न सफल भएको सिंहले बताए ।
बुधबार बिहान पौने ३ बजेको समयमा हटौंडा-४ फरेस्टी क्याम्पस गेट अगाडिबाट उनीहरुले थापालाई अपहरण गरेको जानकारी पाएलगत्तै खोजीकार्यलाई तीब्र पारेपछि सकुशल उद्धार गर्न सफल भएको उनले बताए ।
अपहणमा संलग्न र बन्धक बनाउन सहयोग गर्ने पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसनधान गरिरहेको सिँहले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Abduction |
Weapons | None |
Primary Cause | Unclear |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance