Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-12-18

Province 1, Udayapur, Katari

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित दुई जना कार्यकर्तालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ ।

प्रहरीले उदयपुरको कटारी नगरपालिका–६ रिस्कुस्थित धापडबाट पूर्व केन्द्रीय सदस्य तथा सगरमाथा व्यूरो इञ्चार्ज भोजपुर जिल्लाको षडानन्द गाउँपालिका–१३ बोयाका ४३ वर्षीय दिपेश राई भनिने देवान चाम्लिङ्ग र जिल्ला कमिटी सचिवालय सदस्य उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय सुरेन्द्र थापालाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जिल्लाको पश्चिमी क्षेत्रमा विप्लव कार्यकर्ताले चन्दा अभियान चलाएको र विशेष सूचनाका आाधारमा सोही आरोपमा गिरफ्तार गरिएको बताउनुभयो ।

गिरफ्तारीमा परेका सो पार्टीका कार्यकर्ताका साथबाट चन्दा सङ्कलनमा प्रयोग गरिएको रसिद, ३२ हजार ९ सय ५० रुपियाँ नगद, नेपाल टेलिकमको सिमकार्ड २२ थान, एनसेलको सिमकार्ड १६ थान, स्मार्टसेलको सिमकार्ड एक थान, स्काई सिमकार्ड एक थान र स्मार्टफोन दुई थान र किप्याड मोवाइल ६ थान बरामद गरिएको एसपी बुढा मगरले बताउनुभयो । गिरफ्तारीमा परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments