Incident Reports

एकैरात तीन महिलाको बेडरुम पुगेर बलात्कार प्रयास गर्ने युवा पक्राउ

2019-12-13

Karnali, Rukum West, Aathbiskot

रुकुम : एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।

गत मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए। घरमा पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन्। उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए। बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ। पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।

पीडितको निवेदनका आधारमा केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका ९ राडी बजारमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी खड्काले बताए। उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 3
Female Raped 3
National/Online Media

0 Comments