Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण

2019-12-18

Karnali, Jajarkot, Tribeni Nalagad, Ward 3

नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

स्थानीय शिला खड्काले झैझगडासम्बन्धी प्रहरीमा उजुरी दिएको आधारमा घटनास्थल गएका असई गङ्गबहादुर चन्द र साथमा गएका प्रहरी जवानमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आक्रमणमा घाइते प्रहरीहरूको उपचार पुस २ गते नै प्राथमिक स्वास्थ चौकी दल्लीमा गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
INSEC

0 Comments