Incident Reports

अमरसिंह उच्च माबिमा छात्रामाथि यौन दुर्व्यबहार घटना गुपचुप, शिक्षकलाई कक्षा ११ र १२ मा पढाउन बन्देज

2019-12-16

Gandaki, Kaski, Pokhara Lekhnath

पोखराको अम्मरसिंह उच्च माध्यमिक बिद्यालयमा शिक्षकले बिद्यार्थीमाथि गरेको यौन दुर्व्यवहारको घटनालाई आन्तरिक छलफल र दबाब मार्फत लुकाउने प्रयास गरिएको छ । कलेजकी एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको बिषयमा प्रहरी तथा सरोकारवाला निकायलाई केही नभन्ने शर्तमा सामान्य सहमति गरेको पाइएको छ ।

पोखराको अम्मरसिंह उच्च माविमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका एक शिक्षकलाई ११ र १२ कक्षामा पढाउन बन्देज गरिएको छ । सोही कलेजमा पढ्ने कक्षा ११ की छात्रालाई उनकै शिक्षक उदयराज पोखरेलले पटक पटक यौन दुर्व्यवहार गरेको आरोप छात्राले लगाएपछि घटना बाहिर आएको हो ।

ती छात्राको फेसबुक आइडी मागेर शिक्षक पोखरेलले अश्लील फोटो र चित्रहरु पठाउने गरेको आरोप छ । तिमीलाई राम्रोसँग लेख्न पनि आउँदैन भन्दै हात समाउने, एक्लै भएका बेला गलत मनसाय राखेर दोहोरो अर्थ लाग्ने कुरा गर्ने गरेको पीडित छात्राको भनाइ छ । कक्षामा पढाउने बेला शिक्षकले छात्राको हात तथा अन्य अंगहरुमा छुने ,फोन नम्बर माग्ने तथा यौनजन्य गतिविधिका लागि आर्कषित गराएको छात्राको आरोप छ । आफुमाथि भएको दुर्व्यवहार छात्राले आफ्ना अभिभावकलाई भने पछि उनका अभिभावक, कलेज ब्यवस्थापन समिति तथा कलेजका प्रिन्सिपल सहितको टोली आन्तरिक छलफलमा जुटेको र घटना बाहिर नल्याई कलेजमै मिलाएको बुझिन आएको छ ।

सामान्य सहमति गर्न दवाब दिएर सत्तारुढ ने.क.पा निकट शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारीहरुले यो बिषय बाहिर ल्याउन नखोजेको श्रोत बताउँछ । बिहीवार कलेजको पुस्तकालयमा कलेज ब्यवस्थापन समिति , कलेजका प्रिन्सिपल तथा पीडितका परिवार आकस्मिक छलफलमा जुटेको र पीडित परिवारलाई जसरी पनि घटना मिलाइदिन दबाब दिइएको श्रोतको दाबी रहेको छ ।

आरोपित शिक्षक पोखरेलले वार्ताका क्रममा आफू माफी माग्न तयार रहेको बताए पनि विद्यार्थीले उनीसँग आफूहरु पढ्नै नसक्ने भनेर अडान लिएका थिए । त्यही अनुसार पोखरेललाई बिहानी शत्रको जिम्मेवारीबाट मुक्त गरिएको प्रअ बरालले बताए । शिक्षक पोखरेलले यस अघि पनि छात्रामाथि दुव्र्यवहार गरेको गुनासो विद्यालय प्रशासनमा पुगेको थियो । तर उनी कारवाहीमा परेका थिएनन् ।

कलेजका प्रिन्सिपल तेजस्वी बरालले घटना सामान्य भएको भन्दै घटनामा संलग्न शिक्षकलाई ११ र १२ कक्षाको प्राध्यापनमा रोक लगाइएको बताए । उनले यो घटनाका बिषयमा समस्या समाधान भैसकेको र बाहिर सञ्चार माध्यममा नल्याइदिन आग्रह पनि गरे ।

बिरुवा- ४ स्याङ्जा घर भएका आरोपित शिक्षक उदयराज पोखरेल २०७२ सालबाट सोही कलेजमा भूगोल तथा सामाजिक शिक्षा पढाउँदै आएका थिए । यो घटनालाई दुई पक्ष बसेर आन्तरिक छलफलबाट गुमनाम पारेको बुझिएको छ । दुव्र्यवहारको आरोप लगाइएका शिक्षकको बिषयमा प्रहरीमा उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसरी शैक्षिक संस्थामा भएका यौनको बिषयमा आन्तरिक छलफलबाट समाधान निकाल्नुले भोलिका दिनमा अन्य छात्रा पीडित भएमा कसलाई गुहार्ने ? बिद्यालय, शिक्षक या परिवार ?

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments