2019-12-21
दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए।
भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन्।उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।
शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए . आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Abduction |
Weapons | None |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | noyouth |
Total Abducted | 2 |
Female Abducted | 1 |