Incident Reports

कांग्रेसका कार्यकर्ताद्वारा खाद्य डिपोको ताला फोरेर कार्यकर्तालाई चामल वितरण

2019-12-20

Karnali, Humla, Kharpunath, Ward 5

खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुमा रहेको खाद्य डिपो (विक्री केन्द्र) को कार्यालयमा पुस ४ गते नेपाली कांग्रेसका कार्यकर्ताले ताला फोरेर आफ्नै कार्यकर्ताहरूलाई चामल वितरण गरेको स्थानीयको आरोप छ ।

नेपाल खाद्य संस्थान कार्यालयका कर्मचारी, प्रहरी प्रशासन, स्थानीय तहका जनप्रतिनिधि, ठेकेदारको रोहवरमा खाद्यन्न वितरण गरिनु पर्नेमा नियम कानुन विपरीत कार्य भएको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् ।

ताला फोर्ने व्यक्तिहरूमा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, ५ नं. वडाका वडा अध्यक्ष भिमराज शाही, खार्पुनाथ स्वास्थ्य शाखाका कर्मचारी जैमल शाही, प्रभु बैङ्कका कर्मचारी रामजन शाही, नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य भक्तबहादुर शाही, प्रजन शाही, धना शाही, शारदा शाही, तिर्थराज शाही, जिल्ला वन कार्यालयका कर्मचारी विष्णु शाही र नेपाली कांग्रेसका संसद रङगमति शाहीका स्वकीय सचिव चन्द्र रावल रहेको सोही गाउँपालिकाका स्थानीय सागर शाहीले बताउनु भएको छ ।

उहाँका अनुसार आजै नेपाल प्रहरी, जनप्रतिनिधि, ठेकेदार र स्थानीयको रोहवरमा खाद्यान्न विक्री गर्ने भनी गाउँपालिकाको कार्यालयमा बस्ने भन्ने कुरा गर्दा गर्दै अर्को तिर वडा नं. ५ का अध्यक्ष भिमराज शाहीको टोलीद्वारा एक ओटा खाद्यन्न रहेको कोठाको ताला बलजवतमा फोडी चामल वितरण गरिएको थियो भने त्यस लगतै खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलको नेतृत्वमा अर्को चामल राखेकै कोठाको ताला फोरेर खाद्यान्न वितराण गरिएको स्थानीय लोकेन्द्र शाहीले बताउनु भयो ।

वडा नं. ५ का अध्यक्ष भिमराज शाहीले नेपाली कांग्रेसको चिटको आधारमा वितरण गरिएको बताउनुभएको छ ।

नेपाल खाद्य संस्थानका कार्यालय प्रमुख राबआदुर विष्टले भनी बुझ्दा वास्तवमा सबैको रोहवरमा वितरण गरिनु पर्ने हो यसका बारेमा बुझ्न बाँकी रहेको बताउनु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बुझ्न खोज्दा उनका अनुसार सो गाउँपालिकाका अध्यक्षको रोहवरमा चामल वितरण भएको भन्ने आयो तर ५ नं वडाका वडा अध्यक्षले यसरी बलजफ्ति फोरेर वितरण भएको भन्ने खबर आफूकहाँ नआएकोले पुनः पनि राम्रोसँग बुझ्ने बताउनु भयो ।

स्थानीय व्यक्तिहरूले खार्पुनाथमा रहेका सबै व्यक्तिहरूले खाद्यान्न पाउनु पर्नेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले मात्र लिएको आरोप लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments