Incident Reports

पतिद्वारा नै पत्नीको हत्या l

2013-12-10

Madhes, Dhanusha, Mithila

Binod Rabidas बटेश्वर गाविस-८ की १८ वर्षीय बबिता यादवको हत्या उनकै पति २२ वर्षीय विश्वनाथ यादवले गरेको प्रहरीले जनाएको छ । मङ्सिर २६ गते राति करिब एक बजे डाँकाको समूहले पत्नी बबिता यादवलाई हत्या गरेको र पति विश्वनाथ यादवलाई आक्रमण गरी घाइते बनाएको समाचार सार्वजनिक भए पति प्रहरीको अनुसन्धानपछि प्रहरीले यस्तो प्रमाण फेला पारेको हो । मृतकको पति विश्वनाथ यादवलाई प्रहरीले नियन्त्रणमा राखि उपचार गराएको र अनुसन्धानको क्रममा पतिको संलग्नता रहेको सार्वजनिक गर्दै प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बबिताको हत्या उनका आफ्नै पति विश्वनाथले गरेको बताएका छन् । पहिलेदेखि पति-पत्नीबीच पटक/पटक झगडा हुने गरेको र मङ्सिर २६ गते घरमा आमाबाबु कोही नभएको बेला रातिको खानापछि दुवैबीच झगडा भएको छिमेकीलाई उद्धृत गर्दै सुवेदीले बताए । 'घटना बारे सूचना आए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको विशेष टोलीले घटनास्थलको सुक्ष्म अवलोकन, विश्लेषण, घटनास्थलबाट बरामद समानहरू, छिमेकीहरू तथा अभियुक्तसँग सोधपुछ तथा प्राविधिक अनुसन्धानबाट विश्वनाथले नै बबिताको हत्या गरेको खुल्न आएको हो’ जिल्ला प्रहरी प्रमुख एसपी सुवेदीले जनाए । बाबुआमा आफन्तको निधन भएको क्रियाक्रममा गएको बेला रातको सुनसान समयमा विश्वनाथले बबितालाई बन्चरो प्रहार गरी हत्या गरेको घटना अनुसन्धान टोलीका सदस्य गोविन्द पुरीले बताए । 'घटनापछि अभियुक्त यादवले आफ्नो रक्षाको लागि डाँका आएर पत्नीलाई हत्या गरेको भनि नाटकीय रुपमा होहल्ला गरी स्थानीय छिमेकी र प्रहरी समेतलाई ढाँट्ने प्रयास गरेको हो’ पुरीले भने । घटना लगत्तै प्रहरीले स्थानीय तीन जनालाई घटनामा संलग्न हुन सक्ने आशंकामा गिरफ्तार गरी अनुसन्धान सुरु गरेको थियो । त्यसबेलासम्म जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ मृतकका पति विश्नाथलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको टाउको पनि धारिलो हतियारले काटिएर समान्य घाइते थिए । प्रहरीले गिरफ्तार गरेका चार जनामध्ये मङ्सिर २८ गते अन्य तीन जना निर्दोष देखिएको भन्दै उनीहरू प्रहरीले रिहा गरेको छ । विनोदकुमार रविदास

0 Comments