Incident Reports

पति विरुद्ध उजुरी l

2013-12-11

Sudurpashchim, Doti, K I Singh

Labdev Bhatta रानागाउँ गाविस-६ कीइ महेश्वरी भुलले पति तुल्या भुलले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितले कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दिपायलमा पीडितले मङ्सिर २९ गते उजुरी दिएकी छन् । पतिले मङ्सिर २६ गते कुटपिट गर्दा पीडितको दायाँ आँखामा चोट लाग्नुका साथै शरीरमा पनि चोट लागेकेा छ । घरायसी कुरामा हातपात गरी मार्न खोज्ने पतिलाई कारबाही गरी न्याय दिलाईदिन अनुरोध गर्दै पीडितले इलाका प्रहरी कार्यालय दिपायलमा पीडितले उजुरी दिएकी हुन् । आँखामा चोट लागेका कारण पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय डोटीमा पठाएको इलाका प्रहरी कार्यालय दिपायलका सई महेन्द्र कुमार रानाले बताए । घाउँजाँच गर्नका लागि जिल्ला अस्पतालमा पठाएको र अभियुक्तलाई पनि गिरफ्तार गर्न प्रहरी खटाईसकिएको अनुसन्धान अधिकृत परशुराम चौधरीले बताए । लवदेव भट्ट

0 Comments