Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-22

Lumbini, Rupandehi, Tillotama, Ward 5

सात वर्षीया बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका १८ वर्षीय बालकलाई पुस ६ गते मणिग्रामबाटै गिरफ्तार गरेको छ ।

आरोपितले साथीसँग खेलिरहेकी बालिका नजिकैको ट्वाइलेटमा पिसाब फेर्न गएको अवस्थामा ट्वाइलेटमै बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले आरोपितविरूद्ध पुस ६ गते साँझ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनायो ।

रीमा बि.सी.


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments