Incident Reports

बलात्कार आरोपमा पिता पक्राउ

2019-11-01

Madhes, Parsa, Birgunj, Ward 2

बारा जिल्लामा छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पितालाई पक्राउ गरेको छ । गत हप्ता पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा पनि प्रहरीले छोरी बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै अर्को घटना भएको छ। । पीडितले बिहिवार, प्रहरीमा लिखित उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरेको हो । पक्राउ परेका कोल्हवी-२ बस्ने ३८ वर्षिय पितामाथि २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ।

पीडिता पीडकको आफ्नै छोरी भने होइन् । पीडितकी आमासित बिहागर्दा छोरी अर्कै पिताबाट जन्मेको बताइएको छ। बिबाहिता पीडित केहि समयदेखि माइतमा नै बस्दै आएकी थिइन् ।

पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जनाए।

०७५ साल माघमा विवाह भएको पीडितको घरमा सम्बन्ध मधुर नभएपछि माइतीमै बस्दै आएकी हुन्' डीएसपी राठौरले भने, 'त्यही बेला बुवाले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको बयान पीडितले दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha , Local Newspaper - Bara , Local Newspaper - Parsa

0 Comments