Incident Reports

दाजु मानेकै मान्छेले गरे अपहरण पछि वहिनीको हत्या

2019-12-03

Province 1, Taplejung, Aathrai Tribeni

गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्दिराको ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका हाङपाङका रमेश अधिकारीले हत्या गरिसकेको प्रहरी समक्ष स्विकारी सकेका छन् ।

सामाजिक संजाल फेसवुकमा अन्जली अधिकारीको रुपले परिचित १८ वर्षिय वालिका ताप्लेजुङको दुर्गा माध्यमिक विद्यालय फूलवारीमा कक्षा १२ मा अध्ययनरत थिइन् । हत्यामा संम्लग्न भनिएका रमेश १० महिना पहिला मन्दिराकै घरमा वसेर नजिकै रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्थे । मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिरा बेपत्ता भएकै दिन उनकी दिदी एलिसा अधिकारीको फेसवुकमा झापाको हल्दीवारी स्थित नारायण पौडेलको छोरा दिपक सँग विवाह गरिसके भनेर मन्दिराको फेसवुकवाट मेसेज आएको थियो ।

त्यस पछि मन्दिराका परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगे । तर झापाको हल्दीवारीमा उनीहरुले दिपक पौडेल भन्ने मान्छे भेटेनन् । अनी झापाको प्रहरी र स्थानीयको सहयोग माग्न पुगे छोरी खोज्न झापा पुगेका मन्दिराका वुवा नन्दकुमार अधिकारी । तर प्रहरी र स्थानियले समेत हल्दिवारीमा सो नाम गरेको युवक फेला पारेनन् ।

फेरी फेसवुकमा अर्कै दलित थरका एक युवकले आफुलाई इन्डिया पुर्याएको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा अर्को खवर आयो । उनले त्यतिवेला मैले विवाह गरेको केटा यहि हो भनेर एक युवकको फोटो समेत एलिसाको फेसवुकमा पठाएका थिए । तर त्यो केटाको फोटो र फेसवुकमा आउने म्यासेज प्रति विस्वास नभएपछि घटना भएको हप्ता दिन पछि छोरीको वास्तविक अवस्था पत्ता लगाइदिन भन्दै मन्दिराको परिवारले सहयोगको लागि ताप्लेजुङ प्रहरी सँग अनुरोध गर्यो ।

प्रहरी अनुसन्धानका क्रममा विहे गरिसकेको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा आउने म्यासेज उनको हत्या गरिसके पछि मन्दिराकै मोवाइलमा उनको फेसवुक एकाउन्टवाट आफुले पठाएको र विहे गरिसकेको विस्वास दिलाउन कुनै एक अपरिचित मान्छेको फोटो खोजेर परिवारलाई भ्रममा पार्न आफुले षडयन्त्र रचेको मन्दिरालाई हत्या गरेको वताइसकेका रमेशले स्विकारेको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र वहादुर फूयालले वताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments