Incident Reports

No translation available.

2013-12-16

वीरगञ्ज, पुस १ - हिन्दु युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी हत्याका मुख्य अभियुक्त एमाओवादी कार्यकर्ता फिरोज भनिने सियाराम कुशवाहालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनी एमाओवादीको समानुपातिक सूचीमा छन् । २०६७ असार १२ मा वीरगन्ज उपहानगरपालिका-१३ मा अशोकवाटिका स्थित शिवपावर्तीको मठमा तिवारीको गोली हानी हत्या गरिएको थियो । २ वर्ष अघि नै जिल्ला अदालतले कुशवाहाको नाममा कर्तव्य ज्यानमा पक्राउ आदेश जारी गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका अपराध नियन्त्रण टोलीले एमाओवादीको भोजपुरा राज्य समितिका सचिवालय सदस्यसमेत रहेका कुशवाहलाई विशेष सूचनाको आधारमा अपराह्न चितवनको भण्डारामा पक्राउ गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए । 'थप अनुसन्धान गरी कुशवाहालाई अदालतमा पेश गर्छौ,' कुशवाहालाई कार्यकक्ष्ामा सार्वजनिक गर्ने क्रममा एसपी सिंहले भने । सरकारी वकिल कार्यालयले ०६८ असोजमा काशी तिवारीलाई सियाराम कुशवाहालेनै गोली हानेको भन्दै सर्वस्वसहित जन्म कैदको माग दाबी सहितको अभियोगपत्र दर्ता गरेको थियो । अर्का प्रतिवादी अमन कुशवाहा मार्नलाई हतियार समेत लिई घटनास्थलमा उपस्थित रहेको पुस्टि भएकोले १० वर्ष कैद माग गरिएको छ । तिवारी हत्या प्रकरणमा प्रयोग भएको मोटरसाइकल चालक अमन कुशवाहालाई प्रहरीले ०६८ भदौ २२ मा पक्राउ गरेपछि सियारामको संलग्नता खुलेको थियो । अमन हाल पुर्पक्षका लागि कारागारमा छन् । भूषण यादव

0 Comments