Incident Reports

वडाध्यक्षकै संलग्नतामा कुटिए स्थानीय

2019-12-27

Bagmati, Ramechhap, Manthali, Ward 10

मन्थली नगरपालिका–१० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसाधारणले कुटाइ खाएका छन्। वडाध्यक्ष भरत बोहोराले स्थानीय ५० वर्षीय देवीबहादुर बोहोरालाई कुटेका हुन्।

बाटो खन्ने क्रममा खेतमा झरेको माटो पन्छाइदिनू भनेर अनुरोध गर्दागर्दै वडाध्यक्षले हुँदैन भनेर एक्कासि नाकमा मुक्का हानेको घाइते बोहोराले बताए। ‘मुक्काको रन्कोमा म ढलें,’ उनले भने, ‘पछाडिबाट धैरे कुटेछन्।’ घाइते बोहोराको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ। कुटपिटबाट आफ्नो ढाड तथा कम्मर चलाउन समस्या भएको बोहोरा बताउँछन्।

घटनाको विषयमा मौखिक जानकारी प्राप्त भएको र घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए। उनको निवेदन वा जाहेरीपछि मात्र कारबाही अघि बढाइने भट्टराईले जानकारी दिए। वडाध्यक्ष भरत बाहोराले भने आफूले नकुटेको बताए। उनले भने मादक पदार्थ सेवन गरेर आई गालीबेइजती गरेकाले सम्झाएर घर पठाएको बताए। ‘घरमा पुगेपछि उनकै पत्नीले मादक पदार्थ सेवन गरी आउनुभयो भन्दै धकेल्दा लडेको वडाध्यक्ष बोहोराले बताए। यसअघि पनि जात्रामा जाने क्रममा लडेर ढाडमा समस्या भएका निजले अहिले बहाना बनाएको उनको दाबी छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports