Incident Reports

डोटीमा नेकपाका कार्यकर्ताद्वारा विद्यालयका लेखापालमाथी कुटपिट

2019-12-15

डोटीमा नेकपाका एक कार्यकर्ताले विद्यालयका लेखापालमाथी कुटपिट गरेका छन्। स्थानीय कार्यकर्ता महेश ओझाले प्रभात मावि देहीमाण्डौका लेखापाल टंकप्रसाद ओझालाई हातपात गर्दै टाउकोमा ढुंगा हिर्काएका छन्।

मादक पदार्थ सेवन गरेका उनले बाटोमा हिड्दै गरेका लेखापाल ओझालाई काम छ भनी बोलाएको र टाउकोका ढुंगा प्रहार गरेको बताइएको छ। पीडित ओझाका अनुसार महेशकी छोरी मुना मेमोरियल नामक बोर्डीङमा पढ्ने गरेको तर उनले प्रभात माविको अभिभावकहरुको नामावलीमा आफ्नो नाम राख्न भनेका थिए।

‘उनको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बन्ने मन थियो, त्यसैले उनले असारदेखि मलाई अभिभावकको सुँचीमा नाम राख्न दवाव दिंदै आएका थिए’ उनले भने ‘नाताले भान्जा पर्ने उनको कोही पनि विद्यालयमा पढदैनन्अनि कसरी नाम राख्थे।’

‘मंसीर २९ गते गाउँपालिकाका इन्जीनियरको विहेको पार्टीबाट फर्किरहेको थिए, बाटोमा उनी मलाई कुरेर बसेका रहेछन्। पहिलेबाट सबै विद्यालयमा नेकपाको चल्छ, त्यो विद्यालयमा किन नचल्ने पख तलाई देखाउछु भनेर धम्की दिइरन्थे। त्यो दिन मौका पाए र कुटपिट गरे।’ उनले दिनेश खवरलाई भने।

टाउकोमा गम्भिर चोट लागेपछि उनले प्रहरीमा निवेदन गरेका थिए। निवेदनपछि प्रहरीले महेश ओझालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडेको पिडित ओझाले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments